Kathmandu Press

गंकी धुस्वां–बसुन्धरा पुरस्कार कार्कीलाई

काठमाडौं, पुस १६ : गंकी धुस्वाँ-बसुन्धरा प्रतिष्ठानले यस वर्षको ‘गंकी धुस्वां–बसुन्धरा पुरस्कार’ उपन्यासकार नीलम कार्की निहारिका (द्रौपदी अवशेष) लाई प्रदान गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष...
गंकी धुस्वां–बसुन्धरा पुरस्कार कार्कीलाई

काठमाडौं, पुस १६ : गंकी धुस्वाँ-बसुन्धरा प्रतिष्ठानले यस वर्षको ‘गंकी धुस्वां–बसुन्धरा पुरस्कार’ उपन्यासकार नीलम कार्की निहारिका (द्रौपदी अवशेष) लाई प्रदान गर्ने भएको छ। 

प्रतिष्ठानका अध्यक्ष डा. अरुण सायमीको अध्यक्षतामा हालै बसेको बैठकले ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ भने वरिष्ठ चित्रकार गोविन्दलालसिं डंगोललाई प्रदान गर्ने निर्णय गरेको छ ।  

Hardik ivf

जनही रु. ५० हजारका ती पुरस्कारका साथमा ताम्रपत्र पनि रहनेछन्। ती पुरस्कारका लागि क्रमशः विमल भौकाजी र हरिप्रसाद वैद्यका संयोजकत्वमा दुई सिफारिस समिति गठन गरिएका थिए। पहिलो पुरस्कार उपन्यासकार तथा दोस्रो पुरस्कार कलाकार र सङ्गीतकारलाई दुई÷दुई वर्षमा प्रदान गरिँदै आएको छ। 

गंकी पुरस्कार नेपालभाषा, नेपाली र अन्य विविध भाषाका उपन्यासलाई पालैपालो दिने गरिएको छ। ती पुरस्कार आगामी माघ १ गते प्रदान गरिने प्रतिष्ठानका सचिव प्रतिसरा सायमीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्