Kathmandu Press

प्रधानमन्त्री ओलीलाई भेट्न बामदेव गौतम सिंगापुर पुगे

काठमाडौं, भदौ १८ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर पुगेका छन्। ....

प्रधानमन्त्री ओलीलाई भेट्न बामदेव गौतम सिंगापुर पुगे

काठमाडौं, भदौ १८ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर पुगेका छन्। 

सिंगापुरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गौतम बुधबार दिउँसो १ बजे सिल्क एयरमार्फत सिंगापुर गएका हुन्। प्रधानमन्त्री ओलीले बोलाएपछि गौतम सिंगापुर  गएको उनीनिकट स्रोतले जनाएको छ। 

मंगलबार नै जाने तय भएपनि अन्तिममा आएर गौतमले सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए। यसअघि नेकपाका महासचिव विष्णु पौडेल प्रधानमन्त्री ओलीलाई भेट्न हिजो नै सिंगापुर पुगिसकेका छन्। 

प्रधानमन्त्री ओली उपचार सकेर शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। तर, उनलाई भेट्न सिंगापुर जानेको भने लर्को नै लागेको छ।  गौतम र महासचिव पौडेल प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्किने कार्यक्रम रहेको नेकपाले जनाएको छ। 
 

प्रकाशित मिति: ०९:०२ बजे, बुधबार, भदौ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्