Kathmandu Press

अभिनेत्री  बुढाथोकीलाई कोरोना संक्रमण

अभिनेत्री  बुढाथोकीलाई कोरोना संक्रमण
Hardik ivf

काठमाडौं, पुस १५ : अभिनेत्री अदीति बुढाथोकी कोरोना संक्रमित भएकी छन् । हाल मुम्बई रहेकी बुढाथोकीले आफ्नो इन्स्टाग्राम मार्फत कोरोना संक्रमण भएको जनाएकी हुन् ।

‘सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा मेरो रिपोर्ट पोजेटिभ आएको छ’ उनले अगाडि लेखेकी छन् ‘मैले आफूलाई आफैंदेखि अलग राखेको छु ।’ केही दिनदेखि आफ्नो सम्पर्कमा आएकालाई समेत परीक्षण गराउन उनले अनुरोध गरेकी छन् । 

उनी फिल्म ‘बाबरी’ को सिक्किम छायांकन सकाएर उनी केही अगाडि मुम्बई पुगेकी थिइन् । 

प्रकाशित मिति: १८:५१ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्