Kathmandu Press

कांग्रेसले प्रदेश ३ का महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्....

कांग्रेसले प्रदेश ३ का महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, भदौ १७ : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश–३ का सात जिल्लाका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

प्रतिष्ठानले प्रदेश ३ का काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापका महाधिवेशन प्रतिनिधिलाई भदौ २० र २१ गते प्रशिक्षण दिन लागेको हो।

प्रदेश–३ को प्रशिक्षण कार्यक्रम दुई स्थानमा गर्ने यसअघिको निर्णयअनुसार भदौ २० र २१ गते भक्तपुरको बोडेमा सात जिल्लाको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए।

कांग्रेसले सात जिल्लाका महाधिवेशन प्रतिनिधलाई भदौ २० गते विहान ८ देखि १० बजेसम्म नाम दर्ता गराउन अनुरोधसमेत गरेको  । 

यस्तै, प्रदेश–३ को रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा पछि प्रशिक्षण दिने भएको छ। 

यसैगरी, प्रदेश–१ को धनकुटा र मोरङ, प्रदेश–२ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिमको कञ्चनपुरमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने कांग्रेसले  जनाएको छ।
 

प्रकाशित मिति: १९:३६ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्