Kathmandu Press

स्याङ्जामा बाबुछोराको हत्या

वालिङ, भदाै १७ : स्याङ्जाको हरिनास–३ ललईमा बाबुछोराको हत्या भएको छ। मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रहार ....

स्याङ्जामा बाबुछोराको हत्या

वालिङ, भदाै १७ : स्याङ्जाको हरिनास–३ ललईमा बाबुछोराको हत्या भएको छ। मंगलबार बिहान अन्दाजी ४ बजेको समयमा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी ३० वर्षीय चित्रबहादुर खड्का र चार वर्षीय रिजन खड्काको हत्या गरेको हो।

बाबु र छोराको कम्मरभन्दा माथिको भागमा झण्डै आठ-दश ठाउँमा धारिलो हतियारको चोट रहेको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले बताए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी उपरीक्षक राजकुमार लम्साल, प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारी तथा पोखराबाट कुकुरसहित आएको प्रहरी टोलीले घटनास्थलको अनुगमन गरेर फर्किएको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए। 

घटनास्थल इलाका प्रहरी चौकीबाट झण्डै दुई किलोमिटरको दूरीमा रहेको छ। उक्त स्थानमा दुई घर मात्रै रहेको बताइएको छ। हत्या कसले र किन गरेको हो भन्नेबारे खुल्न सकेको छैन।
 

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्