Kathmandu Press

राप्रपाको तेस्रो चरणको स्वाभिमान यात्रा स्थगित

काठमाडौं, भदौ १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राष्ट्रिय स्वाभिमान यात्रा स्थगित भएको छ। 

राप्रवाका प्रवक्ता सुशील क....

राप्रपाको तेस्रो चरणको स्वाभिमान यात्रा स्थगित
फाइल

काठमाडौं, भदौ १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राष्ट्रिय स्वाभिमान यात्रा स्थगित भएको छ। 

राप्रवाका प्रवक्ता सुशील कुमार श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गरी पार्टीको तेस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा वर्षाका कारण स्थगित गरिएको जनाएका छन्।

भदौ २३ गते सिन्धुलीबाट सुरु भई काभ्रेपलाञ्चोकमा भदौ २५ गते समापन हुने तय गरिएको तेस्रो चरणको स्वाभिमान यात्रा राप्रपाले स्थगित गरेको हो। 

‘तेस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा वर्षाका कारण त्यस क्षेत्रको राजमार्गमा अवरोध देखिएको र साना, ठूला यातायातका साधनहरु सहज ढंगबाट आवागमन गर्न असहज भएको हुँदा हाललाई स्थगित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
 
प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्