प्रधानमन्त्री ओलीद्वारा दोस्रो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीहरुसँग छलफल
काठमाडौं, भदौ १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीहरुसँग छलफल गरेका छन्।
सिंगापुरमा उपचार गरा....
काठमाडौं, भदौ १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक भिडियो कन्फेरेन्समार्फत मन्त्रीहरुसँग छलफल गरेका छन्।
सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले मंगलबार दोस्रो पटक पनि भिडियो कन्फेरेन्समार्फत मन्त्रीहरुसँग मन्त्रालयका काम कारबाहीबारे आवश्यक छलफल गरेका हुन्।
प्रधानमन्त्री ओलीले छलफलका क्रममा मन्त्रालयको काम कारबाहीमा देखिएको समस्या समाधानका लागि आवश्यक निर्देशन पनि दिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले सबै मन्त्रालयको कामकारबाहीबारे जानकारी लिएका थिए। प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य र राम्रो रहेको पनि बताएको मन्त्री बाँस्कोटाले जानकारी दिए। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको र आगामी शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको सरकारका प्रवक्ता बाँस्कोटाले बताए।
मृर्गौलाको उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले यसअघि पनि भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका थिए। यसअघि प्रधानमन्त्री ओलीले नेकपा संसदीय दलका कार्यवाहक नेता सुवासचन्द्र नेम्वाङसँग पनि टेलिफोन संवाद गरी आफ्नो स्वास्थ्य राम्रो रहेको सन्देश दिएका थिए।






