Kathmandu Press

गौशाला जंगलमा एक जोडीले गरे आत्महत्या

काठमाडौं, भदौ १७ :  काठमाडौंको गौशालास्थित भण्डारखालको जंगलमा दुई जनाले आत्महत्या गरेका छन्। 

खोटाङको दित्तेल रुपाकोट मझ....

गौशाला जंगलमा एक जोडीले गरे आत्महत्या
सांकेतिक

काठमाडौं, भदौ १७ :  काठमाडौंको गौशालास्थित भण्डारखालको जंगलमा दुई जनाले आत्महत्या गरेका छन्। 

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौंको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ मंगलबार बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेका महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए।

प्रातः भ्रमणमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा  घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाएर दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको जानकारी दिए।

उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ। बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे।  गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए। 

 खोटाङ बस्दै आएकी दमाइँ काठमाडौं आएको कारण भने खुलेको छैन। उनी काठमाडौंमा दिदी–भिनाजु कहाँ बसेको पाइएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्