Kathmandu Press

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

काठमाडौं, भदौ १७ : जिल्ला अदालत चितवनको आदेशविरुद्ध सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन्। 

जिल्ला अदालत चि....

जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे रवि लामिछाने

काठमाडौं, भदौ १७ : जिल्ला अदालत चितवनको आदेशविरुद्ध सञ्चाकर्मी रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन्। 

जिल्ला अदालत चितवनले पत्रकार शालिकारम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दामा धरौटीमा छोड्न दिएको आदेश बदर गर्न माग गर्दै लामिछाने र कँडेल उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका हुन्।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। लामिछाने र कँडेलले जिल्ला अदालत चितवनको धरौटीमा छोड्ने आदेश बेरीतको रहेको भन्दै बदर गर्न माग गरेका छन्।

उच्च अदालतमा दर्ता गराएको निवेदनमा उनीहरुले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरी पाऊँ भन्ने उल्लेख छ।

यसअघि पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा गत साउन २० गते आत्महत्या गरेका थिए। पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले साउन ३१ गते लामिछाने, कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थिए। त्यसपछि जिल्ला अदालतको आदेश अनुसार लामिछाने ५, कँडेल ३ लाख रुपैयाँ र कार्की साधारण तारेखमा रिहा भएका थिए। 

प्रकाशित मिति: १५:२६ बजे, मंगलबार, भदौ १७, २०७६