Kathmandu Press

तीन शतककाे मद्दतले अष्ट्रेलिया बलियाे स्थितिमा

काठमाडौं, माघ १९ : तीन खेलाडीले शतक हानेपछि श्रीलंकासँगको दोस्रो टेस्टमा अष्ट्रेलिया बलियो स्थितिमा पुगेको छ ।

जोइ बर्न, ट्राभिस हेड र कर्टि....

तीन शतककाे मद्दतले अष्ट्रेलिया बलियाे स्थितिमा
एजेन्सी

काठमाडौं, माघ १९ : तीन खेलाडीले शतक हानेपछि श्रीलंकासँगको दोस्रो टेस्टमा अष्ट्रेलिया बलियो स्थितिमा पुगेको छ ।

जोइ बर्न, ट्राभिस हेड र कर्टिस प्याटेरसनको शतकको मद्दतले अष्ट्रेलियाले पाँचसय ३४ रनमा पारिको घोषणा गरेको छ । ११ रनमै पहिलो विकेट गुमाएको अष्ट्रेलियाले लगातार तीन विकेट गुमायो । तीन विकेट गुमाउँदा २८ रनमात्रै थियो ।

त्यसपछि चौथो विकेटका लागि बर्न र हेडले तीनसय आठ रनको साँझेदारी गरे । बनले एकसय ८० र हेडले एकसय ६१ रन बनाए । त्यस्तै, प्याटेरसनले एकसय १४ र क्याप्टेन टिम पानेले ४५ रन जोडेपछि पाँचसय ३४ रन बनाउन पुगेको हो ।

श्रीलंकाको राम्रो शुरुआत गर्न सकेन् । पहिलो विकेट ९० रनमा लहिरु थिरिमान्नेलाई गुमायाे । त्यस्तै, डिमुथ करुनारत्ने ४६ रन बनाएर रिटायर हर्ट भएका छन् ।दो स्रो दिनको खेल समाप्त हुँदा श्रीलंकाले एकसय २३ रनमै तीन विकेट गुमाएको छ ।

प्रकाशित मिति: १२:०० बजे, शनिबार, माघ १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्