Kathmandu Press

प्रधानमन्त्रीलाई भेट्न नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान

काठमाडौं, भदौ १७ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा महासचिव  विष्णु पौडेल सिंगापुर गएका छन्। 

प्रधानमन्त्री ओलीको ....

प्रधानमन्त्रीलाई भेट्न नेकपा महासचिव पौडेल सिंगापुर प्रस्थान
फाइल फोटो

काठमाडौं, भदौ १७ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा महासचिव  विष्णु पौडेल सिंगापुर गएका छन्। 

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न महासचिव पौडेल मंगलबार दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका हुन्।  प्रधानमन्त्री ओली भदौ ५ गते उपचारका लागि सिंगापुर गएका थिए। उनको भदौ ६ गतेदेखि नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ।

उनको १२ वर्ष अघि मिर्गौैला प्रत्यारोपण भएको थियो। अहिले आएर मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओलीको प्लाज्माफेरेसिस भइरहेको छ। पहिलो चरणअन्तर्गत बुधबार अन्तिम पटक प्लाज्माफेरेसिस हुँदैछ। प्लाज्माफेरेसिस मिर्गौलाका रोगीका लागि गरिने डाइलासिसजस्तै हो।

प्रधानमन्त्री ओली शुक्रबार फर्किने तय भएको छ। महासचिव पौडेल पनि प्रधानमन्त्री ओलीसँगै नेपाल फर्किने कार्यक्रम छ।

 

प्रकाशित मिति: ११:४० बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्