Kathmandu Press

पोखरामा उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु (फोटो)

काठमाडौं, पुस १३ : फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट...
पोखरामा उत्कृष्ट फोटोहरुको प्रर्दशनी सुरु (फोटो)

काठमाडौं, पुस १३ : फोटो पत्रकार क्लब (पिजे क्लब) को आयोजना तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल फोटो प्रतियोगिता २०७६ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी पर्यटन बोर्ड, पोखराको हलमा सुरु भएको छ ।

फोटो प्रर्दशनीको उद्घाटन पोखराका वरिष्ठ फोटो ग्राफर विश्व रत्न शाक्य र नेपाल पत्रकार महासंघ कास्की शाखाकी अध्यक्ष, बिमला भण्डारीले संयुक्त रुपमा गरेका छन् । प्रदर्शनी पुष १३ गते मंगलबार देखि १६ गते शुक्रबारसम्म ४ दिन चल्नेछ । फोटो प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा छानिएका १ सय ७५ मध्ये उकृष्ट ११७ फोटो राखिएको छ ।

Hardik ivf

विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण रोकिएको प्रदर्शनी अहिले ५ औं पामे अन्तराष्ट्रिय फिल्म फेष्टिबल संगको सहकार्यमा पोखरामा गरिएको हो । नेपाल फोटो प्रतियोगिता २०७६ मा समावेश सात विधाअन्तर्गत सहभागी ७ सय १५ व्यवसायिक र एमेच्योर फोटोग्राफरका गरि जम्मा ६ हजार २ सय २५ फोटोबीच प्रतिस्पर्धा भएको थियो ।

एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलमा वरिष्ठ फोटोग्राफर मणि लामा, वरिष्ठ फोटो पत्रकार बिकास रौनियार, किम्फका निर्देशक तथा वरिष्ठ पत्रकार रम्यता लिम्बु, वरिष्ठ लेखक तथा डकुमेन्ट्री निर्माता शेखर खरेल र वरिष्ठ फोटो पत्रकार एवं क्लबका निवर्तमान अध्यक्ष प्रकाश माथेमा रहेको निर्णायक मण्डलले विजेतासहित उत्कृष्ट १ सय ७५ फोटो छनोट गरेको थियो । प्रतियोगिता तथा प्रदर्शनीमा नेपाल पर्यटन बोर्डको सहकार्य, आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजन रहेको छ ।

यसैगरी अर्घाखाँची सिमेन्ट, सेल पे, शिखर इन्स्योरेन्स, नेप्टोस, डिसहोम र सिटी एक्सप्रेसले विधागत प्रायोजन गरेका छन् भने एडभेन्चर स्पोर्टस, किङ्स कलेज, भायनेटले सहयोगीको भूमिका निर्वाह गरेका छन् । यस्तै प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा होटल रोयल सिंगी, मेडिकल पार्टनरमा स्टार हस्पिटल, फोटो प्रिन्ट पार्टनरमा फोटो हलिउड र न्युज पार्टनरमा न्युज एजेन्सी नेपाल रहेका छन् । मिडिया पार्टनरमा कान्तिपुर दैनिक, द काठमाडौं पोस्ट, नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, अन्नपुर्ण पोष्ट, नेपाल समाचारपत्र, राजधानी, नयाँ पत्रिका दैनिक, कारोबार राष्ट्रिय आर्थिक दैनिक, हिमालय टाइम्स, दैनिक नेपालगन्ज र न्युज ओके छन् ।

यसैगरी टेलिभिजन पार्टनरमा कान्तिपुर टेलिभिजन, एपि वान टेलिभिजन, इमेज च्यानल र हिमालयन टेलिभिजन छन् । अनलाइन पार्टनरमा अनलाइनखबर डटकम, सेतोपाटी डटकम, इकान्तिपुर डटकम, नयाँ प्रत्रिका डटकम, पहिलोपोस्ट डटकम, बाह्रखरी डटकम, नेपालखबर डटकम, नेपाललाइभ डटकम, देशसञ्चार डटकम, थाहाखबर डटकम, बिजमान्डु डटकम, सदृश्य डटकम, हाम्राकुरा डटकम, मेरोफिल्म डटकम, कर्पोरेटनेपाल डटकम, हाम्रो खेलकुद डटकम, सबैखेल डटकम, नेपालगन्ज डटकम, न्युजओके डटकम, काठमाडौं प्रेस डटकम र समाचार दैनिक डटकम छन् ।

कार्यक्रमको अतिथीको रुपमा नबिन पोख्रेल, प्रबन्धक, नेपाल पर्यटन बोर्ड पोखरा, अर्जुन गिरि, पोखरा फिल्म एसोसिएसन र प्रविन कार्की, मीडिया पोस्ट रहेका थिए ।


 

प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्