एशियाका सुन्दर साना शहरमा नेपालको घान्द्रुक
काठमाडौं, भदौ १७ : एशियाका अत्यधिक सुन्दर १३ साना शहरमा नेपालको घान्द्रुक पनि परेको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनले तयार पारेका एशिय....

काठमाडौं, भदौ १७ : एशियाका अत्यधिक सुन्दर १३ साना शहरमा नेपालको घान्द्रुक पनि परेको छ।
अन्तर्राष्ट्रिय संचारमाध्यम सीएनएनले तयार पारेका एशियाका सुन्दर साना शहरमा नेपालको घान्द्रुक पनि परेको हो। यो सूचीमा घान्द्रुक ११ औं नम्बरमा परेको छ।
सीएनएनले प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता तथा रहनसहनका हिसावले सुन्दर एसियाका सुन्दर साना शहरहरूको सूची तयार पारेको हो।
गण्डकी प्रदेशस्थित कास्कीको उत्तरी–पूर्वि क्षेत्रमा रहेको घान्द्रुक समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको छ। पोखराबाट पाँच घण्टाको यात्रामा पुगिन्छ्। यहिँबाट अन्नपूर्ण क्षेत्रको यात्रा पनि सुरु हुन्छ।
यहाँबाट सुन्दर हिमाली दृश्य, हरिया वनजंगल, परम्परागत वेषभुषा, रहनसहनको आनन्द लिन सकिने सीएनएनले लेखेको छ। सीएनएनले यहाँ केही दिन बस्न पनि सुझाएको छ।
यो सूचिको पहिलो नम्बरमा भितनामको होइ आन रहेको छ। त्यस्तै, जापानको युफुइ, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटी अफ भिगन, लावसको लङ प्रवाङ, कम्बोडियाको कम्पोट, इन्डोनेसियाको कोटा गेडे, श्रीलंकाको गल्ले, चीनको जाउहङ र भारतको मउल्यानोङ यो सूचिमा घान्द्रुकभन्दा अघि रहेका छन्।
यस्तै, हङकङको साइकङ र थाइल्यान्डको फुकेट टाउन १२औं र १३औं नम्बरमा रहेका छन्।











-1784808429.png)