राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरको दर्शन
काठमाडौं, भदौ १६ : हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छिन्।
सोमबार....

काठमाडौं, भदौ १६ : हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गरेकी छिन्।
सोमबार बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गरेकी राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गरेकी हुन्। पूजा एवं दर्शनपछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिएका थिए।
मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा, सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारी, मन्दिरमा दर्शनका लागि उपस्थित भक्तजनलगायतले स्वागत गरेका थिए।
राष्ट्रपति भण्डारी मन्दिरमा पूजा एवं दर्शनका लागि प्रवेश गर्दा केही समय लाममा बसेका भक्तजनलाई रोकिएको थियो। उनी फर्किएपछि भक्तजनलाई पुनः प्रवेश दिइएको छ। तीजका अवसरमा पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनको भीड छ। पशुपतिनाथ मन्दिरका चारै ढोका दर्शनका लागि खुला राखिने सदस्य सचिव ढकालले जानकारी दिए।











-1784808429.png)