Kathmandu Press

सत्यमोहनसहित ६ जनालाई ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व’ सम्मान

काठमाडौं, पुस ११ : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसहित ६ जना ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व-२०७८’ बाट सम्मानित भएका छन्।कृष्णलाल स्मृति प्रतिष्ठानले राष्ट्रपति निवासमा आयोजित...
सत्यमोहनसहित ६ जनालाई ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व’ सम्मान

काठमाडौं, पुस ११ : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीसहित ६ जना ‘बौद्धिक राष्ट्रिय व्यक्तित्व-२०७८’ बाट सम्मानित भएका छन्।

कृष्णलाल स्मृति प्रतिष्ठानले राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रमबीच बौद्धिक राष्ट्रिय व्यक्तित्व-२०७८ ले ६ जना बौद्धिक व्यक्तित्वलाई सम्मान गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले ती ६ जनालाई कदरपत्रसहित सम्मान गरेकी हुन्।

कार्यक्रममा ६ जना बौद्धिक व्यक्तित्वलाई सम्मान गरिएको छ। सम्मानित हुने बौद्धिक व्यक्तित्व शताब्दी पुरुष जोशी, संस्कृतिविद् हरिराम जोशी, अर्थविद् डा. मीना आचार्य, दर्शनशास्त्रीयविद् देवीरमण उपाध्यय, इतिहासविद् प्रा.डा. राजेश गौतम, इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीहुन्।
 

प्रकाशित मिति: १२:५२ बजे, सोमबार, पुस १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्