बाँकेमा प्रहरीले गोली हानेर पक्राउ गर्यो फरार अभियुक्त
बाँके, भदौ १६ : बाँकेमा फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।
चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका फरार अभिय....
बाँके, भदौ १६ : बाँकेमा फरार अभियुक्तलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ।
चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका फरार अभियुक्त बैजनाथ गाँउपालिका-४ का नरेन्द्र न्यौपानेलाई गोली हानेर प्रहरीले पक्राउ हो।
सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपाने नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका डीएसपी हेम शाहीले जानकारी दिए। उनका अनुसार फरार रहेका न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा देब्रे खुट्टामा गोली हानिएको थियो।
८ वर्षअघि चोरी तथा डकैती मुद्दामा ६ वर्ष कैद सजाय सुनाइए लगत्तै न्यौपाने फरार रहँदै आएका थिए। न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्दामा जिल्ला अदालत बर्दियाले ६ वर्ष कैदको सजाय सुनाएको थियो।
गोली लागेर घाइते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ।






