पुनर्निर्माण प्राधिकरणका सिईयो ज्ञवाली दक्षिण कोरिया भ्रमणमा
काठमाडौं, भदौ १६ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन्।
ग्लोबल इन्फ्रा....
काठमाडौं, भदौ १६ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली दक्षिण कोरिया प्रस्थान गरेका छन्।
ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फरेन्समा भाग लिन प्रमुख कार्यकारी अधिकृत ज्ञवाली सोमबार कोरिया प्रस्थान गरेका हुन्। भदौ १७ र १८ गते हुने विश्व सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सहरी क्षेत्रको पुनर्निर्माणका सम्बन्धमा प्रस्तुति दिनेछन्। प्रस्तुति मूलभूत रुपमा काठमाडौं उपत्यकाभित्रका सम्पदा बस्तीहरुको गुरुयोजना, कार्यान्वयन मोडालिटी र वित्तीय आवश्यकतामा केन्द्रित हुनेछ।
सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुले सहरी क्षेत्र एवं पूर्वाधार विकासका सम्बन्धमा प्रस्तुतिसहित छलफल गर्नेछन्। सरकारले काठमाडौं उपत्यका भित्रका साँखु, बुङमती र खोकनासहितका ६ वटा बस्तीहरुलाई परम्परागत बस्तीका रुपमा घोषणा गरी पुनर्निर्माण प्राधिकरणमार्फत वृहत्तर गुरुयोजना तयार पार्दैछ। ती बस्तीको ऐतिहासिकता र मौलिकता बचाउन निजी आवास पुनर्निर्माण गर्न प्राधिकरणले प्रति लाभग्राही ३ लाख रुपैयाँका अतिरिक्त थप ५० हजार रुपैयाँ उपलब्ध गराएको छ।
ज्ञवालीका साथमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल, विकास सहायता समन्वय शाखा प्रमुख दिव्यराज पोखरेललगायत कोरिया प्रस्थान गरेका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भदौ २० गते स्वदेश फर्किने छन्।











-1784808429.png)