Kathmandu Press

‘बोली सुन्दा पनि प्रधानमन्त्री तन्दुरुस्त र उत्साहित हुनुहुन्छ’

काठमाडौं, भदौ १६ : सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तन्दुरुस्त रहेको सन्देश दिएका छन्।

नेकपा संसदीय दलका उपनेता सुवास न....

‘बोली सुन्दा पनि प्रधानमन्त्री तन्दुरुस्त र उत्साहित हुनुहुन्छ’
फाइल फोटो

काठमाडौं, भदौ १६ : सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तन्दुरुस्त रहेको सन्देश दिएका छन्।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई फोन गरेर आफू तन्तुरुस्त रहेको जानकारी दिएका हुन्। आइतबार साँझ फोन गरेर स्वास्थ्यसँगै समसामयिक विषयमा कुराकानी गरेको नेम्वाङले बताए।

प्रधानमन्त्री ओलीले उपचारका लागि भदौ ५ गते सिंगापुर गएका थिए। उनको भदौ ६ गतेदेखि सिंगापुरको नेसलन युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ।

प्रधानमन्त्रीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। जसले गर्दा अहिले उनको शरीरमा उत्पादन भएको ‘एन्टीबडी’लाई प्लाज्माफेरेसिस गरेर निकालिँदै छ।

सोमबार गरेर चार पटक प्लाज्माफेरेसिस गरिएको छ। अब अन्तिम पटक बिहीबार प्लाज्माफेरेसिस गरिने जनाएको छ।

प्रधानमन्त्री ओलीले नेम्वाङसँगको कुराकानीमा भदौ २० गते स्वदेश फर्किने बताएका छन्। ‘फोनमा बोली सुन्दा पनि प्रधानमन्त्री तन्दुरुस्त र उत्साहित हुनुहुन्छ,’ नेम्वाङले भने।

उनले फोनमा समसामयिक राजनीतिका विषयमा पनि कुराकानी गरेको नेम्वाङले बताए। संसदीय कामकारवाहीबारे पनि सोधेको थिए।

नेम्वाङका अनुसार, सत्य निरुपण तथा मेलमिलाप विधेयकबारे प्रधानमन्त्रीले चासो राखेका थिए।

 

प्रकाशित मिति: १२:५३ बजे, सोमबार, भदौ १६, २०७६