Kathmandu Press

एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : ओली

विराटनगर, पुस १० : एमाले अध्यक्ष केपी ओलीले एमसिसीबारे सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन्।    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने,...
एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ : ओली

विराटनगर, पुस १० : एमाले अध्यक्ष केपी ओलीले एमसिसीबारे सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो? स्पष्ट हुनुपर्छ।’

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति संघर्ष गरिरहने धारणा व्यक्त गरे। उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए।

प्रकाशित मिति: १५:१० बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्