सिरहा र सप्तरीबाट ७० किलो गाँजा बरामद
काठमाडौं, पुस १० : सशस्त्र प्रहरीले सिरहा र सप्तरीबाट ७० किलो गाँजा बरामद गरेको छ।सिराहाको औरही गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो गाँजा...
काठमाडौं, पुस १० : सशस्त्र प्रहरीले सिरहा र सप्तरीबाट ७० किलो गाँजा बरामद गरेको छ।
सिराहाको औरही गाउँपालिका–१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो गाँजा भारत लैजाँदै गर्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बरियारपट्टीले बरामद गरेको हो।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–११ बाट परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो।
ती दुवे घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १२:४३ बजे, शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












