आयोजक बंगलादेशमाथि नेपाली महिला भलिबल टिमको सहज जित

काठमाडाैं, पुस १० : बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले सानदार प्रदर्शन गरिरहेको छ। प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाली महिला टिमले आयोजक बंगलादेशलाई ३-०को सोझो सेटमा हरायो।
प्रतियोगितामा नेपाली महिला टिमको यो लगातार तेस्रो जित हो। यसअघि नेपालले श्रीलंकालाई ३-२ले हराएको थियो भने माल्दिभ्समाथि ३-०को जित निकालेको थियो।
लागतार तेस्रो जितसँगै नेपालले फाइलन पुग्ने सम्भावना बलियो बनाएको छ। ६ टिम सहभागी प्रतियोगिताका लिग चरणका शीर्ष दुई टिम फाइनल पुग्नेछन्। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले ३ खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ।
तुलनात्मक कमजोर टिम बंगलादेशमाथि नेपालले २५-५, २५-१५ र २५-१७ को सेटमा जित निकाल्यो । अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ।
प्रकाशित मिति: ११:४३ बजे, शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











