Kathmandu Press

नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन

काठमाडाैं, पुस ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा मन्त्री आलेले...
नागरिक उड्डयनमन्त्री आलेद्वारा विमानस्थालको सुरक्षा र सरसफाइमा ध्यान दिन निर्देशन

काठमाडाैं, पुस ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिए।

विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले यहाँका शाैचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो। उनले भने, 'विमानस्थलमा यात्रुको चाप बढी हुन्छ, यहाँ आन्तरिक तथा विदेशी पर्यटकसमेत आगमन गर्ने हुँदा सौचालयदेखि पसल सफा राख्नुस्, खानेकुरा पनि ताजा होस्।'

Hardik ivf

भारत भ्रमणबाट आजै स्वदेश फर्किएका मन्त्री आलेले विमानस्थलमा रहेका एअर ट्राफिक कन्ट्रोल (एटिसी) टावर, रार्डर सिष्टमबारे जानकारी लिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रशाद गुरागाइँले बताए। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले भने, 'एटीसीको कन्ट्रोलरूपमै पुगेर मन्त्रीज्यूले जानकारी लिनुभयो, उहाँको अनुगमनले हाम्रो काम गर्ने मनोबलसमेत बढेको छ, सबै कर्मचारी खुशी भएका छौँ।'

मन्त्री आलेले करिब तीन घण्टाजति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गरेका थिए। अनुगमनकै क्रममा उनले विमानस्थलमा सञ्चालनमा रहेका सटल बस सेवाको प्रभावकारिताको पनि जानकारी लिएकाे नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्