Kathmandu Press

एसियन सेन्ट्रल जोन भलिबल : पुरुषतर्फ नेपालको पहिलो जित

काठमाडौं, पुस ९ : बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नोपल विजयी भएको छ।शुक्रबार साँझ ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानमाथि...
एसियन सेन्ट्रल जोन भलिबल : पुरुषतर्फ नेपालको पहिलो जित

काठमाडौं, पुस ९ : बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नोपल विजयी भएको छ।

शुक्रबार साँझ ढाकामा भएको खेलमा नेपालले उज्वेकिस्तानमाथि ३–१ को जित निकाल्यो । पहिलो खेलमा आयोजक बंगलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको नेपालको यो पहिलो जित हो।

यो जितसँगै ५ टिम सहभागी प्रतियोगितामा फाइनल पुग्ने नेपालको सम्भावना जिवितै भएको छ ।  ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट १८–२५ ले गुमाएको थियो।

त्यसपछि तीन सेट लागतार जित्दै नेपालले पहिलो जित निकाल्यो । नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१८ ले सहजै जितेको थियो । तर, चौथो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो ।  

२३–२३ को बराबरीमा रहेको सेटमा लागतरा दुई प्वाइन्ट लिँदै नेपाल २५–२३ले विजयी भयो। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति: २०:१७ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्