Kathmandu Press

‘निर्वाचनमा नागरिक सहभागीता बढाउन मिडियाको भूमिका छ’

काठमाडाैं, पुस ९ : सरोकारवाला निकायका प्रतिनिधिले निर्वाचनमा नागरिकको सहभागिता बढाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन्।निर्वाचन आयोगले आयोजना गरेको महिला पत्रकारका लागि...
‘निर्वाचनमा नागरिक सहभागीता बढाउन मिडियाको भूमिका छ’

काठमाडाैं, पुस ९ : सरोकारवाला निकायका प्रतिनिधिले निर्वाचनमा नागरिकको सहभागिता बढाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

निर्वाचन आयोगले आयोजना गरेको महिला पत्रकारका लागि तालिमको आज यहाँ आयोजित समापन कार्यक्रममा निर्वाचन आयुक्त, आयोगका कर्मचारी र सञ्चारकर्मीलगायतले मिडियाले निष्पक्ष भएर सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए। सो अवसरमा आयुक्त जानुकाकुमारी तुलाधरले आमनिर्वाचनमा सबै वर्गको सहभागिता बढाउन र बदर हुने सङ्ख्या घटाउन मिडियाले सहयोग गर्नसक्ने उल्लेख गरिन्।

Hardik ivf

पत्रकार महिलाले नै महिलालगायत समावेशी वर्गको आवाज उठाउनेमा उनले विश्वास व्यक्त गरिन्। उनले भनिन, 'अहिले मतदाता नामावली सङ्कलनका क्रमदेखि नै मिडियाले नागरिक सूचित गर्नुपर्ने छ।'

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा मिडिया संवेदनशील हुनुपर्नेमा जोड दिए। पत्रकारलाई अरुले अङ्कुस लगाउन नमिल्ने हुँदा स्वनियमन आवश्यक रहेको उनको भनाइ छ। उनले भने, 'पत्रकारले अनुमानका भरमा होइन तथ्यपरक समाचार लेख्न जरुरी छ।'

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा मिडियामा गलत सूचना प्रवाह हुँदा त्यसको नियमन र कारवाहीको काम प्रेस काउन्सिल नेपालले गरिरहेको बताए। उनले भने, 'एउटै दलले सधैँ नै त्यही नै चिन्ह किन पाइरहने भन्ने पनि बहस गर्न जरुरी छ।'

सञ्चारीका समुहका अध्यक्ष नितु पण्डितले अहिलेको निर्वाचन पद्धतिमा महिला राजनीतिकर्मीलाई अघि आउन गाह्रो भएको बताइन। महिला राजनीतिज्ञ र जनप्रतिनिधिले राम्रो काम गर्दागर्दै त्यो विषयले सधैँ मिडियामा कम स्थान पाउने गरेको उनको भनाइ छ।

प्रकाशित मिति: २०:१४ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्