Kathmandu Press

राजनीतिक स्थायीत्व विना मुलुक समृद्ध हुन सक्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडाैं, पुस ९ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायीत्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन। रेडियो नेपाल कर्मचारी युनियनको...
राजनीतिक स्थायीत्व विना मुलुक समृद्ध हुन सक्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
Hardik ivf

काठमाडाैं, पुस ९ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायीत्व विना मुलुकको समृद्धि हुन नसक्ने बताएका छन। रेडियो नेपाल कर्मचारी युनियनको आठौँ अधिवेशन समारोहमा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थायीत्वमा समस्या देखिँदै गएको सङ्केत गर्दै एकातर्फ एमाले र अर्काेतर्फ गठबन्धन दलले राजनीतिको नेतृत्व गरिरहेकाले कसको नीति र योजना ठिक हो भनेर पहिचान गर्नुपर्नेमा बेला आएको पनि बताए।

'एउटा कोण नेकपा (एमाले)को छ, यसको निष्कर्ष आर्थिक विकास र समृद्धि, देश बनाउने सपना, यसका लागि राजनीतिक स्थायीत्व चाहिन्छ भन्ने छ,' पोखरेलले भने, 'अर्काेतर्फ संविधानप्रतिको एकनासको सहमती छैन, कानूनको विषयमा एक मत छैन, मुल्य मान्यतामा एकमत नभई पनि गठबन्धन बनेको छ।' राष्ट्रिय राजनीतिको परिदृष्यलाई ठिक ढङ्गले बुझेर कुन ठाउँमा उभिने हो निर्णय गर्न जरुरी रहेको उनको भनाइ थियो।  

उनले राज्य संरचनाभित्र न्यायपालिकाका उद्देश्यअनुसार नीतिगत र कानूनी प्रवन्ध हुनुपर्नेमा जोड दिँदै उद्देश्य भाषणमा राम्रा हुने तर त्यसलाई बहन गर्ने साधन ठिक ढङ्गले नबन्दा नीति एकातिर जनता अर्कातिर भइरहेको बताए। लामो इतिहास बोकेको रेडियो नेपालमा हुनुपर्ने प्रगति हुन सक्यो की सकेन भनेर हेर्नुपर्ने उनको धारणा थियो। उनले राष्ट्रिय सरोकारको मुद्दामा सचेत र सजक हुन पनि सुझाव दिए।

प्रकाशित मिति: १८:४७ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्