मकवानपुरमा तीन शव फेला
मकवानपुर, पुस ९ : मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे अनुसार फरक–फरक...
मकवानपुर, पुस ९ : मकवानपुरमा आज बेग्लाबेग्लै स्थानमा एक पुरुष र दुई महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे अनुसार फरक–फरक स्थानमा दुई महिला झुण्डिएको अवस्थामा र एक पुरूषा मृत अवस्थामा फेला परेका हुन्।
हेटौँडा उपमहानगरपालिका–५ सिँचाइ टोलकी १८ वर्षीया आरती घिमिरे कोठामा झुन्डिएकाे अवस्थामा फेला परेकी हुन्। त्यस्तै, मकवानपुरगढी गाउँपालिका–६ की ४२ वर्षीया सुनमाया रुम्वा गोले घर नजिकै रुखमा झुण्डिएको अवस्था फेला परेको जिल्लाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकरी दिए।
उक्त दुवै शवलाई पोष्टमार्टमका लागि हेटाैंडा अस्पतालमा पठाइएको छ।
त्यस्तै, मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा अन्दाजी २५ वर्षीय एक पुरुषको शव फेला परेको छ। स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा पठाएको जनाएको छ। शवको पहिचान खुल्न सकेको छैन्।












