Kathmandu Press

धनकुटाको हिलेमा एक महिला आफ्नै घरमा मृत फेला

काठमाडौं, पुस ९ : धनकुटाको हिलेमा एक महिला आफ्नै घरको कोठामा मृत फेला परेकी छन्। मृत भेटिएकी ती महिला धनकुटा नगरपालिका–१ हिले बस्ने कल्पना...
धनकुटाको हिलेमा एक महिला आफ्नै घरमा मृत फेला

काठमाडौं, पुस ९ : धनकुटाको हिलेमा एक महिला आफ्नै घरको कोठामा मृत फेला परेकी छन्। 

मृत भेटिएकी ती महिला धनकुटा नगरपालिका–१ हिले बस्ने कल्पना राई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी सुरज कार्कीले बताए।

आज (शुक्रबार) दिउँसो साढे ३ बजेतिर ती महिला मृत भेटिएको खबर प्राप्त हुनासाथ आफूसहतिको प्रहरी टोली घटनास्थल पुगेको उनले जानकारी दिए।

स्थानीय विद्युतको कार्यालयमा ज्यालादारीको काम गर्ने ती महिलाका सात वर्षीया र डेढ वर्षीया दुई छोरी रहेको उनले जानकारी दिए। सुतिरहेकी आमालाई तिनीहरुले जति बोलाउँदा पनि नउठेपछि स्थानीयले थाहा पाएको र उनीहरूले प्रहरीलाई खबर गरेको जनाइएको छ।

ती महिलाले धेरै मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयले बताएको डिएसपी कार्कीले जानकारी दिए। उनका अनुसार शवको मुचुल्का उठाएर घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइनेछ।  

प्रकाशित मिति: १६:५० बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्