Kathmandu Press

मानवसेवा आश्रमद्वारा ६२७५ जनाको उद्धार, २४२५ जनाको पुनर्मिलन

वाग्मती, पुस ९ : मानव सेवा आश्रम स्थापना भएको नौ वर्ष पुगेको छ । नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले...
मानवसेवा आश्रमद्वारा ६२७५ जनाको उद्धार, २४२५ जनाको पुनर्मिलन

वाग्मती, पुस ९ : मानव सेवा आश्रम स्थापना भएको नौ वर्ष पुगेको छ । नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले विगत नौ वर्षमा छ हजार २७५ जनालाई उद्धार गरेको छ । 

उद्धार गरिएका सडक मानवमध्ये सो अवधिमा दुई हजार ४२५ जनालाई परिवारसँग पुनर्मिलन गराएको आश्रमले जनाएको छ । मानव आश्रमका होमना पौडेलले उद्धार गरिएकामध्ये आश्रमबाट एक हजार ६७ जना उपचारपश्चात् स्वेच्छाले घर फर्केका छन् भने ६३४ जना आश्रमको संरक्षणमा रहँदा निधन भएको जानकारी दिए।

Hardik ivf

आश्रमका अनुसार हालसम्म ३५४ जनाको सामुदायिक पुनःस्थापना भएको छ । हाल आश्रमका सातै प्रदेशको १७ जिल्लामा २३ सेवा केन्द्रमार्फत एक हजार ५६७ जना आश्रित रहेका छन् । आश्रमको मुख्य कार्यालय हेटौंडामा रहेको छ । सो कार्यालयबाट हालसम्म एक हजार ३५५ जनाको उद्धार भएको छ भने ७३६ जनाको पारिवारिक मिलन गराइएको छ। 

उपचारपश्चात् स्वेच्छाले ३३६ जना घर फर्केका छन् भने १४७ को आश्रममा निधन भएको आश्रमले जनाएको छ । साथै ४३ जनाको सामूदायिक पुनःस्थापना गरिएको छ । हाल हेटौंडा आश्रममा १६७ जना आश्रित रहेको पौडेलले बताए।

मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार गरी उनीहरुलाई पुनःस्थापना गर्ने र स्वास्थ्यावस्था राम्रो भएपछि घर परिवारबारे जानकारी लिने गरेको छ । परिवारबारे जानकारीपछि  पुनःमिलन गराउने गरिएको उनको भनाइ छ। 

आश्रममा आश्रय लिएका अधिकांश मासिक सन्तुलन गुमाएका र घरबारविहिन रहेका हुन्छन् । उद्धार गरिएका व्यक्तिले आश्रममा आफ्नो इच्छाअनुसार कामगर्ने गरेको बताइएको छ । आश्रमको आर्थिक वर्ष २०७७÷७८ मा कूल आम्दानी  २३ करोड  ९६ लाख ७९ हजार  ३९५ र खर्च १२ करोड ७८ लाख ५८ हजार २२१ तथा बचत रु ११ करोड १८ लाख २१ हजार १७४ रहेको आश्रमले जनाएको छ । 

आश्रमलाई तीनै तहका सरकारी निकाय, अन्य सङ्घसंस्था र व्यक्तिबाट सो रकम प्राप्त भएको हो । आश्रममा प्रत्येक महिनाको पहिलो हप्तामा मानसिक रोग विशेषज्ञबाट उपचार हुने गरेको छ । 

आश्रममा सेवाका लागि दुई नर्सको व्यवस्था गरिएको छ।आश्रममा महिला र पुरुष छुट्टै राख्ने व्यवस्था गरेको छ।नेपालको सडक मानवमुक्त घोषणा अभियानलाई सार्थक बनाउन सो संस्था लागेको पौडेलको भनाइ छ।  

प्रकाशित मिति: १६:३९ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्