Kathmandu Press

महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं, पुस ९ : रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा बलातकार आरोपमा पक्राउ परेका छन्। एक महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय...
महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं, पुस ९ : रोल्पा नगरपालिकाका प्रशासकीय अधिकृत सुशील थापा बलातकार आरोपमा पक्राउ परेका छन्। एक महिला प्रहरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई पक्राउ गरेको हो। 

बलात्कृत हुने महिला सशस्त्र प्रहरी बल नेपालकी जवान रहेको बाँके प्रहरीले जनाएको छ। विवाह गर्ने भन्दै ती महिलासँग थापाले शारीरिक सम्पर्क गर्ने गरेको र पछि विवाह गर्न नमानेपछि ती महिला प्रहरीले बलात्कारको उजुरी हालेको स्रोतको दाबी छ। 

बलात्कारको आरोपमा अदालतबाट ७ दिनको म्याद लिएर थापामाथि अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १६:१९ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्