Kathmandu Press

बुकिङ भयो महंगो मोटरसाइकल

काठमाडौं, भदौं १५ : नेपाल भित्रिएको सबैभन्दा महंगो मोटरसाइकल बुकिङ भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सो–२०१९ को प्रदर....

बुकिङ भयो महंगो मोटरसाइकल

काठमाडौं, भदौं १५ : नेपाल भित्रिएको सबैभन्दा महंगो मोटरसाइकल बुकिङ भएको छ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सो–२०१९ को प्रदर्शनीका लागि राखिएको एमभी अगस्टा मोटरसाइकल बुकिङ भएको जनाइएको छ।

एमभी अगस्टाको नेपालका लागि आधिकारिक वितरक भेलोसिटी प्राइभेट लिमिटेडका सेल्स म्यानेजर अभिषेक भेष्वाकरले सो मोटरसाइकल बुकिङ भइसकेको बताए। ‘बुकिङ गर्नेको नाम अहिले भन्न मिल्दैन। एउटा कार्यक्रम गरेरै सार्वजनिक गरिनेछ,’ उनले भने।

यो मोटरसाइकलको मूल्य ७३ लाख ९० हजार रुपैयाँ रहेको छ। यसलाई नेपाल ल्याउने बित्तिकै बुकिङ भएको कम्पनीले जनाएको छ।

एलएच ४४ लेविस ह्यामिल्टन लिमिटेड एडिसनको यो बाइक संसारभरी प्रसिद्ध छ। यो थोरै संख्यामा मात्रै उत्पादन गरिएको स्पोर्टी बाइक हो।

यो यसअघि एसियाली देशमा आयात गरिएको थिएन। यो एउटा मात्रै नेपाल भित्रिएको भेलोसिटी प्राइभेट लिमिटेडले जनाएको छ।

इटालियन कम्पनी एमभी अगस्टाले उत्पादन गरेको चौथो पुस्ताको स्पोर्टी बाईक एफ–४ १००० मोडलको बाइक हो। यो बाइकको ९९८ सीसी क्षमता इन्जिन रहेको छ।

 

प्रकाशित मिति: १६:४५ बजे, आइतबार, भदौ १५, २०७६