Kathmandu Press

विश्व सम्पदास्थल पुग्ने यस्तो छ सडक

काठमाडौं, भदौ १५ : विश्व सम्पदा सूचिमा रहेको बौद्धनाथ स्तुप नेपालका लागि मात्रै होइन, संसारका लागि महत्वपूर्ण छ। तर, यहिँ विश्व सम्पदास्थल पुग्न भने स....

विश्व सम्पदास्थल पुग्ने यस्तो छ सडक
रासस

काठमाडौं, भदौ १५ : विश्व सम्पदा सूचिमा रहेको बौद्धनाथ स्तुप नेपालका लागि मात्रै होइन, संसारका लागि महत्वपूर्ण छ। तर, यहिँ विश्व सम्पदास्थल पुग्न भने सकस हुन्छ।

बौद्धनाथ स्तुप अघिको मूल सडक ठाउँठाउँमा भत्किएको छ। थुप्रै खाल्डाखुल्डी छन्। त्यसमा पानी जमेर हिडडुल गर्नै मुस्लिक छ।

पानी जमेपछि सडकमा तालजस्तै बनेको छ। सवारी साधान त्यसकै परिवरि घुमाएर पार गर्नुपर्छ।

यहिँ सडक भएर दैनिक सयौं आन्तरिक तथा वाह्य पर्यटक बौद्धनाथ स्तुप क्षेत्रमा पुग्ने गरेका छन्। कतिपय त हिलोले लतपतिने गरेका छन्।

चिटिक्क परेर आएका आन्तरिक तथा वाह्य पर्यटक हिलैहिलोले लतपतिएको अवस्थामा फर्किने गरेको स्थानीय वासिन्दा बताउँछन्। उनीहरूका अनुसार, स्थानीय, प्रदेश तथा संघीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि सडक बन्न सकेको छैन।

नेपाल भ्रमण वर्ष २०२० सुरू हुने केही महिनामात्रै बाँकी छन्। यस्तो अवस्थामा बौद्धनाथ आएका पर्यटक के सोच्लान?’ स्थानीय वासिन्दा प्रश्न गर्छन्।

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, भदौ १५, २०७६