Kathmandu Press

माल्दिभ्समाथि नेपाली महिला भलिबल टिमको सानदार जित

काठमाडौं, पुस ९ : एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले सानदार जित निकालेको छ।बंगलादेशको ढाकामा शुक्रबार नेपालले माल्दिभ्समाथि...
माल्दिभ्समाथि नेपाली महिला भलिबल टिमको सानदार जित

काठमाडौं, पुस ९ : एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले सानदार जित निकालेको छ।

बंगलादेशको ढाकामा शुक्रबार नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमा हरायो। शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्समाथि २५-११, २५-९ र २५-५ ले हरायो।

यो नेपालको लागतार दोस्रो जित हो । यसअघि नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२को जित निकालेको थियो। लगातार दुई खेलमा जित निकालेसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ।

अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्ने छन् ।

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्