Kathmandu Press

कोभ्याक्स सुविधामार्फत थप साढे ६ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं, पुस ९ : कोरोना भाइरसविरुद्धको थप ६ लाख ६४ हजार ६ सय ५० डोज फाइजर खोप नेपाल आइपुगेको छ।कोभ्याक्स सुविधामार्फत आज (शुक्रबार) आइपुगेको...
कोभ्याक्स सुविधामार्फत थप साढे ६ लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं, पुस ९ : कोरोना भाइरसविरुद्धको थप ६ लाख ६४ हजार ६ सय ५० डोज फाइजर खोप नेपाल आइपुगेको छ।

कोभ्याक्स सुविधामार्फत आज (शुक्रबार) आइपुगेको सो खोप टेकुमा भण्डारण गरिएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ।

गत कार्तिकमा पनि  कोभ्याक्स सुविधामार्फत नै १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आएको थियो। सो खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई लगाइएको थियो।

यही पुस १३ गतेदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहलाई फाइजर खोप लगाइने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्