Kathmandu Press

डेङ्गु नियन्त्रण गर्न नसक्दा सत्ता पक्षकै सांसदले गरे सरकारको आलोचना

काठमाडौं, भदौ १५ : डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजनासमेत तय गर्न नसकेको उल्लेख गर्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका छ....

डेङ्गु नियन्त्रण गर्न नसक्दा सत्ता पक्षकै सांसदले गरे सरकारको आलोचना
फाइल फोटो

काठमाडौं, भदौ १५ : डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्य योजनासमेत तय गर्न नसकेको उल्लेख गर्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका छन।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदद्धय जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरेका हुन्।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै सत्तारुढ नेकपामा सांसद श्रेष्ठले विश्वमै महामारीको रुपमा फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत बनाउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे। उनले प्रश्न गरे, ‘लामखुट्टे नियन्त्रण गरेर डेङ्गु रोग लाग्न नदिन किन गम्भिर नभएको?’

नेकपाकै अर्की सांसद विशंखेले पनि डेङ्गु रोग लाग्न नदिन सरकारले सचेत गराउनु पर्ने बताइन् । डेङ्गुबाट बच्न संचारमाध्यमबाट सर्वसाधारणको जानकारीका लागि विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाइ नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले पनि डुेंगू रोग नियन्त्रणका लागि सरकार गम्भिर नभएको आरोप लगाए। उनले रोग नियन्त्रणका लागि लामखुट्टे नियन्त्रणको काममा विशेष जोड दिन पनि सरकारलाई सचेत गराए।

बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले डेङ्गु रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागि परेको दावी गरे। उनले डेंगू रोग नियन्त्रणका लागि बजेटको पनि अभाव रहेको बताए।

चिकित्सकहरुले नेपालमा पनि लामखुट्टेको नियन्त्रण गर्न नसके डेंगू रोगको महामारी फैल्न सक्ने चेतावनी दिँदै आएका छन।

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, भदौ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्