Kathmandu Press

आत्महत्या रोकथामका लागि प्रतिबद्धता

दमौली, पुस ९ : तनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा...
आत्महत्या रोकथामका लागि प्रतिबद्धता

दमौली, पुस ९ : तनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका हुन् । 

सो क्रममा ३०० भन्दा बढीले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । स्थानीयवासीले ‘जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या गर्ने छैन’, लेखिएको व्यानरमा हस्ताक्षर गरेका थिए । आत्महत्या समस्याको समाधान नभएको उनीहरुको भनाइ छ । 

Hardik ivf

पछिल्लो समय बढ्दै गइरहेको आत्महत्याको घटनालाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायब निरीक्षक सुशील लामिछानेले जानकारी दिए। 

देवघाटमा गत एक वर्षको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । ‘आत्महत्या समस्याको समाधान होइन, यसको रोकथामका लागि स्थानीयवासी जागरुक हुनुपर्छ, स्थानीयवासीकै सहभागितामा सचेतनामूलक कार्यक्रम गरेका हौँ,’ उनले भने ।

गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले जुनसुकै समस्या आइपरे पनि त्यसको समाधान आत्महत्या नभएकाले यसको रोकथामका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। 

प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्