Kathmandu Press

हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

जाजरकोट, पुस ९ : सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ ।अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक...
हेलिकोप्टरबाट डोजर ढुवानी गरी सिस्ने हिमालको काखमा सडक

जाजरकोट, पुस ९ : सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ ।

अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताए।

Hardik ivf

आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए। नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा ढुवानी गरी वडा नं १ मा लगेर सडक निर्माणको कामलाई तीव्रता दिन लागिएको छ । सर्वसाधारणले सडक खनेर सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको हो।

नगरपालिकाको वडा नं ३ खदीसम्म सडकको अस्थायी ट्रयाक खुलेको र बाँकी वडा नं १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्नका लागि डोजरको सहायता लिनुपरेको हो। सिस्ने हिमालको काखमा भएकाले अत्यधिक चिसोसमेत हुने गर्दछ।

वडा नं २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको थियो। नगरपालिकाको अत्यधिक अप्ठ्यारो भागमध्ये यही पर्दछ। हिमालय क्षेत्र भएकाले यहाँ काम गर्न मुस्किल छ।

प्रकाशित मिति: १०:२१ बजे, शुक्रबार, पुस ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्