Kathmandu Press

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई भोलि प्रमाणपत्र प्रदान गरिने

कांग्रेसका नवनिर्वाचित पदाधिकारीलाई भोलि प्रमाणपत्र प्रदान गरिने

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोलि प्रमाणपत्र वितरण गरिने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सविच केशव रिजालका अनुसार शनिबार बिहान ११ बजे प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कार्यक्रम राखिएको छ।

कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिसहित १३ पदाधिकारी निर्वाचित भएका छन्। त्यस्तै, १२१ केन्द्रीय सदस्य आएका छन्।

अब सभापति शेरबहादुर देउवाले ३३ केन्द्रीय सदस्य मनोनित गर्नेछन्। त्यस्तै, केन्द्रीय सदस्यमध्येबाट कोषाध्यक्ष चयन गरिनेछ।

 

प्रकाशित मिति: ०८:४१ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्