Kathmandu Press

आगामी निर्वाचनसम्म गठबन्धन कायम  : अध्यक्ष नेपाल

काठमाडौं, पुस ८ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । समाजवादी प्रेस सङ्ठन...
आगामी निर्वाचनसम्म गठबन्धन कायम  : अध्यक्ष नेपाल

काठमाडौं, पुस ८ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । 

समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध बनाएर लैजाने उल्लेख गरे । नेता नेपालले एमसीसीका बारेमा सत्तारूढ दल र अन्य दलसँग छलफल भइरहेको बताउँदै एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने उल्लेख गरे । 

Hardik ivf

उनले देशको हितमा हुने हरेक सम्झौतालाई समाजवादीले सहर्ष स्वीकार्ने भए पनि आर्थिक विकासको नाममा अन्यथा गर्न खोज्ने कुनै पनि परियोजना स्वीकार गर्न नसकिने बताए । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरुले विद्रोह गरेको जनाउँदै उनले नेकपा (एमाले)  प्रति लक्षित गर्दै प्रतिगामीलाई सफल हुन नदिने दावी समेत गरे । 

नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति जनलहर बढ्दै गएको दावी गर्दै नेपाली जनताको विश्वास जित्न आफू लागेको उनको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) पार्टीका काम व्यवस्थित गर्दै पालिका तथा जिल्लामा कमिटी गठन भइरहेको चर्चा गर्दै उहाँले आगामी चुनावमा आफूले विजय प्राप्त गर्ने गरी काम गरेको बताए । 
 

प्रकाशित मिति: २०:१५ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्