Kathmandu Press

नेपाली पुरुष भलिबल टिम बंगलादेशसँग सहजै पराजित

काठमाडौं, पुस ९ : एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्जकप नेपाली पुरुष टिम पराजित भएको छ  ।बंगलादेशको ढाकामा आजबाट सुरु भएको...
नेपाली पुरुष भलिबल टिम बंगलादेशसँग सहजै पराजित
फाइल फोटो

काठमाडौं, पुस ९ : एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्जकप नेपाली पुरुष टिम पराजित भएको छ  ।

बंगलादेशको ढाकामा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाली टिम आयोजक बंगलादेशसँग ३–०को सोझो सेटमा पराजित भयो  । उपाधि दाबेदार मानिएको बंगलादेशलाई कुनै पनि सेटमा दबाब दिन सकेन ।

नेपाल पहिलो सेटमा २५–१७, दोस्रो सेटमा २५–१७ र तेस्रो सेटमा २५–१९ ले पराजित भयो । ५ टिम सहभागी प्रतियोगितामा नेपालले दोस्रो खेल शुक्रबार उज्वेकिस्तानसँग खेल्नेछ।

यस्तै नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्ससाग खेल्ने छ।  महिलातर्फ भने नेपालले विजयी सुरुआत गरेको छ ।

बिहीबार भएको खेलमा नेपाली महिला टिमले श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो।

प्रकाशित मिति: २०:०२ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्