Kathmandu Press

विद्यालयमै बेहोस छात्रको मृत्यु

तनहुँ, पुस ८ : विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ। तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत...
विद्यालयमै बेहोस छात्रको मृत्यु

तनहुँ, पुस ८ : विद्यालयमै बेहोस भएका तनहुँका एक विद्यार्थीको मृत्यु भएको छ। तनहुँको बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आठ कक्षामा अध्ययनरत १८ वर्षीय सुजन घलेको आज मृत्यु भएको हो।

 

Hardik ivf

मुटु दुख्यो भनेर बेहोस भएका उनलाई डुम्रेस्थित मोती मेडिकल हल पठाइएको र त्यहाँबाट दमौली अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको पवित्रा माध्यमिक विद्यालयका अध्यक्ष हेमराज लामिछानेले जानकारी दिए। विद्यालयमै बिरामी परेपछि तत्काल उनलाई मेडिकल लगिएको थियो।

 

धादिङ घर भई भानु नगरपालिका–१३ आफन्तको घरमा बसेर पढिरहेका उनी मुटुको बिरामी थिए। मृतकका आफन्तलाई खबर गरिसकिएको छ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले ती विद्यार्थीमा पहिल्यैदेखि मुटुको समस्या रहेको जानकारी पाएको बताए। 'मुटुको भल्वमा समस्या रहेको जानकारी पाएका थियौ, गरिबीका कारण उपचार गराउन सकेका थिएनन,' उनले भने।

प्रकाशित मिति: १९:५७ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्