Kathmandu Press

पुरातात्विक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री झाँक्री

काठमाडाैं, पुस ८ : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताएकी छन।टेकु पचली...
पुरातात्विक सम्पदा संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री झाँक्री

काठमाडाैं, पुस ८ : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा सरकारसँगै समुदायको पनि दायित्व हुने बताएकी छन।

टेकु पचली क्षेत्रको पुनःनिर्मित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदा उद्घाटन तथा हस्तान्तरण समारोहमा आज उनले सो कुरा बताएकी हुन। अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले उक्त क्षेत्रको पुनःनिर्माण सम्पन्न गरी सरकारी र निजी गुठी संस्थालाई हस्तान्तरण गरेको हो। आयोजनाले संरचना हस्तान्तरण गरेसँगै दायित्व नसकिने उल्लेख गर्दै उनले हस्तान्तरणपछिको सञ्चालनको तरिका बनाउन सकेमात्र दिगो व्यवस्थापन हुने बताइन।

Hardik ivf

काठमाडौँ उपत्यकाका नदी, खोलाको अतिक्रमण रोक्न सबै लाग्नुपर्नेमा जोड दिँदै मन्त्री झाँक्रीले बाग्मती सभ्यता जोगाउन नदीखोलालाई ढलमुक्त बनाउनु पनि आवश्यक रहेकामा जोड दिइन। उनले सरकारले ऋण लिएर उपत्यकाका नदी खोला ढलमुक्त बनाउने काम गरिरहेको उल्लेख गर्दै नदीखोलामा ढल मिसाउनु हुँदैन भन्नेमा जनता सचेत हुनुपर्ने बताइन।

नदीखोला किनाराका वास्तविक सुकुम्बासीलाई राज्यले उचित आवासको व्यवस्था गर्ने स्पष्ट पार्दै मन्त्री झाँक्रीले सुन्दर, व्यवस्थित र सभ्य सहर निर्माणका लागि अतिक्रमण हटाउन आवश्यक रहेको बताइन।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुरातात्विक सम्पदाको हस्तान्तरणपछिको व्यवस्थापन तथा मर्मतमा सबैले अपनत्व ग्रहण गर्नुपर्ने बताए। समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सेना, पूर्वमुख्यसचिव लिलामणि पौड्याल, गुठी संस्थानका अध्यक्ष पुण्यप्रसाद भुसाललगायतले ऐतिहासिक, सांस्कृतिक सम्पदा संरक्षण र सभ्य सहर निर्माणका लागि सरकार र समुदायबीच सहकार्यको आवश्यक रहेकामा जोड दिए। समितिद्वारा एसियाली विकास बैंकको ऋण सहयोगमा पुनःनिर्मित लक्ष्मेश्वर सत्तललगायत सम्पदा मन्त्री झाँक्रीले सम्बन्धीत गुठीलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्