कर्मचारी समायोजन यति छिटो संसारमा कहिँ भएको छैन : लालबाबु पण्डित
काठमाडौं, भदौ १५ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुक संघीयतामा जादा कर्मचारी संयोजमान उदाहरणीय काम भएको बताएका छन्।
....
काठमाडौं, भदौ १५ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुक संघीयतामा जादा कर्मचारी संयोजमान उदाहरणीय काम भएको बताएका छन्।
मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा कहीँ नभए बताए। नेपालमा जति छिटो संयोजन भएको उदाहरण पेश गर्न चुनौति दिदै भने, ‘संघीयता अन्तरगतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि भएको छैन।’
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको पनि बताए।
मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दावी गरे। भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितको भनाइ थियो।
उनले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क गरे।











-1784808429.png)