Kathmandu Press

न्यायपालिकामा देखिएको समस्या चाँडो हल गर्न महान्यायाधिवक्ताकाे आग्रह

काठमाडौं, पुस ८ : महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायपालिकामा देखिएको समस्या चाँडो भन्दा चाँडो हल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।महान्यायाधिवक्ता कार्यालयको ७१औं स्थापना...
न्यायपालिकामा देखिएको समस्या चाँडो हल गर्न महान्यायाधिवक्ताकाे आग्रह

काठमाडौं, पुस ८ : महान्यायाधिवक्ता खम्मबहादुर खातीले न्यायपालिकामा देखिएको समस्या चाँडो भन्दा चाँडो हल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

महान्यायाधिवक्ता कार्यालयको ७१औं स्थापना दिवसका अवसरमा आज (बिहीबार) आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदमार्फत वा अरु कुनै माध्यम अपनाएर भए पनि न्यायपालिकाको समस्या हल गर्न आग्रह गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री देउवाको पनि उपस्थिति थियो।  ‘अदालतको समस्याबारे सर्वदलीय सहमति गरेर भए पनि निकास दिनुहोस्,’ उनले भने।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दैै नेपाल बार एसोसिएसन दुर्इ महिनाभन्दा लामो समयदेखि आन्दोलनरत छ।

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्