Kathmandu Press

कमिटी पुनर्गठनबारे ठाकठुक परेपछि आरआर अनेरास्ववियु भेलामा झडप

काठमाडौं, पुस ८ : काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसमा आयोजित अनेरास्ववियु कमिटीको भेलामा झडप भएको छ। कमिटी पुनर्गठन गर्ने विषयलाई लिएर उत्पन्न विवादका कारण...
कमिटी पुनर्गठनबारे ठाकठुक परेपछि आरआर अनेरास्ववियु भेलामा झडप

काठमाडौं, पुस ८ : काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसमा आयोजित अनेरास्ववियु कमिटीको भेलामा झडप भएको छ। 

कमिटी पुनर्गठन गर्ने विषयलाई लिएर उत्पन्न विवादका कारण झडप भएको हो।

नेतृत्व चयनको विषयमा असमझदारी पैदा हुँदा सो क्याम्पसका विद्यार्थी र अनेरास्ववियु  केन्द्रीय कमिटीका पदाधिकारीबीच ठाकठुक परेको थियो। 

झडपपछि भेला स्थगित गरिएको अनेरास्ववियु आरआर कमिटीले जनाएको छ।

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्