एसियन सेन्ट्रल जोन भलिबल : श्रीलंकामाथि नेपाली महिला टिमको पुनरागमन जित
काठमाडाैं, पुस ८ : एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले विजयी सुरुआत गरेको छ।बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा...
काठमाडाैं, पुस ८ : एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले विजयी सुरुआत गरेको छ।
बंगलादेशमा आजबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुआत गर्ने क्रममा नेपालले श्रीलंकामाथि ३-२ को पुनरामगन जित निकाल्यो।
श्रीलंकाविरुद्ध नेपाली महिला टिममले २ सेटले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकालेको हो। बिहीबार दिउँसो भएको खेलमा श्रीलंकाले सुरुआती २ सेट २५-१९ र २५-२१ ले जितेको थियो।
त्यसपछि नेपालले सानदार पुनरागमन गर्दै लगातार तीन सेट जित्यो खेल आफ्नो पक्षमा पार्यो। नेपालले तेस्रो सेट २५–१५ले जितेको थियो भने चौथौ सेट २५–१९ ले जितेको थियो।
नेपालले पाँचौं तथा अन्तिम सेट १५–१३ले जित्दै खेल जितेको थियो। जितपछि नेपाली प्रशिक्षक जगदीश भट्टले पहिलो खेलमा टिम दबाब परेको प्रतिक्रिया दिए।
उनले भने, ‘श्रीलंकालाई साउथ एसियन गेममा हराएको हुनाले हामीलाई जित्ने पर्ने दबाव थियो नै। हाम्रो खेलाडी सुरूआती दुई सेट अत्यन्तै दबावमा खेल्नुपर्यो।’
नेपाली महिला टिमले दोस्रो खेल शुक्रबार माल्दिभ्ससँग खेल्नेछ। महिलातर्फ नेपालसँगै बंगलादेश, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान सहभागी छन्।











