Kathmandu Press

अन्तरपालिका भलिबल : सिगास फाइनलमा

काठमाडाैं, पुस ८ : सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको...
अन्तरपालिका भलिबल : सिगास फाइनलमा

काठमाडाैं, पुस ८ : सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो ।

कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जितेको थियो । दोस्रो सेटमा पञ्चेश्वरले २०–२५ अङ्कले विजयी भयो ।

तेस्रो सेट सिगासले २५–२१ अङ्कले जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यस्तै अर्को खेलमा दशरथचन्द नगरपालिकालाई र सिगास गाउँपालिकाले २५–२३ र २५–२१ अङ्कले हरायो भने मेलौली नगरपालिका ‘ए’ले पाटन नगरपालिकालाई १५–२५ र २२–२५ अङ्कले पराजित ग¥यो ।

यस्तै सुर्नया गाउँपालिका र पञ्चेश्वर ‘ए’ बीचको खेलमा पञ्चेश्वर ‘ए’ २४–२७ र २२–२५ अङ्कले विजयी भयो । सिगासले युवाजागरण मञ्च मेलौली ‘बी’लाई २२–२५ र २५–२७ अङ्कले हरायो । फाइनल प्रवेशका लागि दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाबीच खेल हुने छ । विजयी टोलीले उपाधिका लागि सिगाससँग खेल्ने छ भने पराजित टोलीले पञ्चेश्वर ‘ए’ सँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छ ।

पञ्चेश्वर गाउँपालिकाको आयोजनामा यही पुस ५ गतेदेखि सुरु भएको प्रतियोगितामा १० टोली सहभागी रहेको खेल संयोजक सागर भण्डारी सोराडीले जानकारी दिनुभयो । उपाधि जित्नेले रु एक लाख १० हजार १०१, द्वितीय हुनेले रु ७५ हजार १०१, तृतीय हुनेले रु ५० हजार १०१ तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने टोलीले रु ३० हजार प्राप्त गर्नेछ ।

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्