Kathmandu Press

सिन्धुलीकाे रिट्ठेभिरमा कुखुरा बोकेको बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुली, पुस ८ : सिन्धुलीकाे रिट्ठेभिरमा आज (बिहीबार) बिहान कुखुरा बोकेको बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ बस्ने...
सिन्धुलीकाे रिट्ठेभिरमा कुखुरा बोकेको बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुली, पुस ८ : सिन्धुलीकाे रिट्ठेभिरमा आज (बिहीबार) बिहान कुखुरा बोकेको बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ बस्ने २० वर्षीय कुन्थाङ मोक्तान रहेको प्रहरीले जनाएको छ। सोही ठाउँका चालक ३३ वर्षीय आइत सिंह र सोही  बोलेरोमा सवार २१ वर्षीय मनीष परियार घाइते छन्। गाडीमा भएका झन्डै २ सयवटा कुखुरा सबै मरेको जनाइएको छ। 

आज (बिहीबार) महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको बोलेरो सुनकोसी गाउँपालिका–६ रिट्ठेभिरस्थित बिपी राजमार्गबाट २६५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।

घाइतेको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको प्हरीले जनाएको छ। मनीषको अवस्था गम्भीर रहेको जनाइएको छ।

‘प्रारम्भिक अनुसन्धानबाट चालक निदाउँदा दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्हरीको भनाइ छ।

प्रकाशित मिति: १५:११ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्