Kathmandu Press

दार्चुला जिल्ला अस्पताल ५० शय्या बनाइने

दार्चुला, पुस ८ : जिल्लामा ५० श्ययाको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ। आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो।...
दार्चुला जिल्ला अस्पताल ५० शय्या बनाइने
Hardik ivf

दार्चुला, पुस ८ : जिल्लामा ५० शय्याको जिल्ला अस्पताल भवन निर्माण धमाधम भइरहेको छ। आगामी तीन वर्षभित्र निर्माण सक्ने लक्ष्यसहित भवन निर्माण भइरहेको हो। वाईआर कन्ट्रक्सन प्रालिले भवन निर्माणको जिम्मा पाएको छ । निर्माण कम्पनीका प्राविधिक रञ्जीतकुमार कठरियाले अहिले निर्माणस्थलमा फिल्ड सम्याउनेदेखि जग खन्ने कामको सुरुआत भएको जानकारी दिए।

जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगीले भने, ‘जिल्ला अस्पतालको भवन निर्माण सुरु भएको छ  । भवन बहुउपयोगी बन्नेछ।’ २०७० सालको बाढीले अस्पतालको भवनलाई क्षति पु¥याएको थियो । 

अस्पतालको जमिन बाढीले बगाएपछि अहिले जमिन अभाव छ । भएकै संरचना भत्काएर भए पनि त्यही क्षेत्रमा अस्पताल निर्माणको काम अघि बढेको उनले बताए। निर्माण व्यवसायीका प्राविधिक कठरियाका अनुसार सम्झौता अवधिभित्रै काम सक्ने गरी आफूलाई कार्यक्षेत्रमा खटाएको जानकारी दिए। भवन चार तलाको भवन बन्ने छ । यसका लागि रु २६ करोडमा ठेक्का सम्झौता भएको छ। अहिले अस्पताल २९ श्यया सञ्चालनमा छ। 

प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्