Kathmandu Press

एमाले बाँके उपसचिव प्रमोद धिताल एकीकृत समाजवादीमा

एमाले बाँके उपसचिव प्रमोद धिताल एकीकृत समाजवादीमा

कोहलपुर, पुस ८ : एमाले बाँके उपसचिव प्रमोद धिताल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।

आज (बिहीबार) कोहलपुरमा आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उनलाई पार्टी प्रवेश गराएका हुन्।

विगतमा एमालेभित्रको संधर्षमा माधव नेपाल समूहमा रहे पनि सो पार्टी विभाजन हुँदा धिताल संस्थापनमै बसेका थिए।

उनले एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि र विधानविपरीत अगाडि बढाएको र कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको भन्दै असन्तुष्टि पोखे। 

प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, पुस ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्