Kathmandu Press

अर्जुन दासको हत्यामा संलग्नलाई कारबाही माग गर्दै जानकी गाउँपालिका बन्द

धनगढी, पुस ८ : अर्जुन दासको हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै आज (बिहीबार) पीडित पक्षले कैलालीको जानकी गाउँपालिका बन्द गर्नुका...
अर्जुन दासको हत्यामा संलग्नलाई कारबाही माग गर्दै जानकी गाउँपालिका बन्द

धनगढी, पुस ८ : अर्जुन दासको हत्यामा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै आज (बिहीबार) पीडित पक्षले कैलालीको जानकी गाउँपालिका बन्द गर्नुका साथै कार्यालय घेराउ गरेको छ। विरोधमा उत्रिएकाहरुले गाउँपालिकाका सबै वडा कार्यालय पनि बन्द गराएका छन्। 

जानकी–९ का २५ वर्षीय दासको ६ दिन अघि बीभत्स ढंगले हत्या भएको थियो। हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई सहिद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत आठबुँदे माग राखेर पीडित पक्षले आन्दोलन गर्दै आएको छ।

Hardik ivf

मृतकका आफनत र स्थानीयले मंगलबार र बुधबार पनि टीकापुरमा विरोध प्रर्दशन गरेका थिए। गत शुक्रबार साँझ घरबाट हिँडेका दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा मृत भेटिएका थिए। दासको हत्याको जिम्मेवारी लिएको अडियो पनि बाहिरिएको थियो।

घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परिसकेका छन् भने आरोपित तीन जना फरार छन्। उनीहरू भारततिर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पीडित परिवारले हत्यामा संलग्नलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेका छन्। दासको शव टीकापुर अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: १४:०५ बजे, बिहीबार, पुस ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्